काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उच्च अधिकारीहरू समेतको उपस्थितिमा औपचारिक कार्यक्रमका बीच सुरुङ छेडिने कार्यक्रम तय भएको नागढुंगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे प्रधानमन्त्री दाहाल सुरूङ ब्रेक थु्रे कार्यक्रममा सहभागी हुने कार्यक्रम छ…