नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले घटेर १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ…