Logo

अर्थनीति

अर्थमन्त्रीसँग रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क घटाउन माग


GDP नेपाल
   ८ चैत्र २०८०, बिहिबार


काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का आरके समूहका अध्यक्ष राजेन्द्र कुमार शर्माले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् ।

मन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा श्रमिकका समस्याका साथै नयाँ आर्थिक वर्ष २०८१.०८२ को बजेटका विषयमा छलफल गरेका छन् ।

अहिलेपनि श्रमिकहरुले रेमिट्यान्स पठाउँदा चर्को शुल्क तिर्नुपर्ने बाध्यता रहेकाले त्यसलाई बजेटमार्फत कम गर्ने वातावरण बनाउन आग्रह गरे । अहिले मध्यपूर्वबाट नेपालमा रेमिट्यान्स पठाउँदा एक पटकमा २३ रियाल तिर्नुपर्ने वाध्यता रहेको र प्रत्येक महिना पठाउँदा यसले श्रमिकहरुलाई नै मार पर्ने गरेको बताए ।

रेमिट्यान्स पठाउँदा शुल्क महँगो भएकाले पनि कतिपयले हुन्डीमार्फत अवैधरुपमा पैसा पठाउने गरेकोतर्फ सचेत गराउँदै अध्यक्ष शर्माले तत्काल बैंकिङ च्यानलबाट पठाउँदा प्रोत्साहन र पुरस्कारको व्यस्था गर्न पनि माग गरे ।

जवाफमा अर्थमन्त्री पुनले अहिले बजेट बनाउने बेला भएको र नेपाली श्रमिकहरुको समस्या समाधानका लागि सरकारले विशेष व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रकाशित : ८ चैत्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह