Logo

बैंक / बिमा /शेयर

हिमाल दोलखा हाइड्रोपावरले डाक्यो साधारण सभा


GDP नेपाल
   ९ चैत्र २०८०, शुक्रबार


हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीले एकैसाथ २ आर्थिक वर्षको वार्षिक साधारण सभा डाकेको हो । सभा चैत २९ गते सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७८/०७९ र २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले चैत १८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत १७ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : ९ चैत्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह