Logo

कर्पोरेट-बजार

प्रतितोला एक हजार तीन सयले घट्यो सुनको मूल्य


GDP नेपाल
   ९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ। बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक हजार तीन सयले घटेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख २७ हजार आठ सयले कारोबार भएको थियो । आज एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको छ । यस्तै तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख २७ हजार दुई सयमा कारोबार भएकोमा आज रु एक लाख २५ हजार नौ सय मूल्य कायम गरिएको हो ।

चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला रु एक हजार पाँच सय ५५ मा कारोबार भएकोमा आज प्रतितोला रु एक हजार पाँच सय कायम गरिएको छ ।

प्रकाशित : ९ चैत्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह