काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका वभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा भएको र हुने क्रम जारी रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । सोमबार सूचना जारी गर्दै विभागले बागमती प्रदेशका सिन्धुपाल्चोक, दोलखा, काभ्रे, चितवनलगायत क्षेत्र, गण्डकी प्रदेशका म्याग्दी, गोर्खा, कास्कीलगायत क्षेत्र, कर्णाली प्रदेशका जाजरकोट, कालीकोट, जुम्ला, हुम्लालगायत क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका दार्चुला, डोटी,…