काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सम्पूर्ण वस्तुहरूमा थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेका छन्, जसले गर्दा कुल ट्यारिफ ५० प्रतिशत पुगेको छ । ह्वाइट हाउसद्वारा बुधबार जारी गरिएको कार्यकारी आदेश अनुसार, यो नयाँ शुल्क आदेश जारी भएको मितिबाट २१ दिनपछि लागू हुनेछ । ट्रम्प प्रशासनले भारतले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा…