काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र तीन प्रमुख दलका अध्यक्षबीच राष्ट्रपति निवासमा पहिलो भेट भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले पहिलोपटक भेट गरेकी हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले डाकेको प्रमुख तीन दलका नेतासँगको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।
राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दिउँसो ३ बजे बैठक डाकेका थिए ।
बैठकमा आफू पनि आउने भन्दै प्रधानमन्त्री कार्की पुगेकी हुन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार शीर्ष नेताहरूसँग आफ्नो छलफल नभएकाले बैठकमा सहभागी हुने भनेर जानकारी दिएर कार्की पनि पुगेकी हुन् ।










प्रतिक्रिया