Logo

मुख्य समाचार

क्रिसमसले सामाजिक सद्भाव र सहिष्णुतालाई बलियो बनाओस्: राष्ट्रपति पौडेल


GDP नेपाल
   १० पुस २०८२, बिहिबार


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’को आवसरमा शुभकामना व्यक्त गरेका छन् ।


उनले क्रिसमसले समाजमा आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका हुन् ।


उनले शुभकामना सन्देश मार्फत यस पर्वले प्रेम, क्षमा, दया र शान्तिको मूल्यमा आधारित जीवनशैलीलाई बढावा दिई विभिन्न सांस्कृतिक र धार्मिक समुदायबीच आपसी समझदारी र भाइचारो मजबुत बनाउन सहयोग पुग्ने उल्लेख गरे ।
राष्ट्रपतिले क्रिसमसको अवसरलाई सबै नेपालीबीच विश्वास, एकता र सामाजिक मेलमिलापको सन्देश फैलाउने अवसरका रूपमा लिन सुझाव दिए ।

प्रकाशित : १० पुस २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह