काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमति नलिई सञ्चालन गरिएका सवारीसाधन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।निर्वाचनको समयमा सुरक्षा व्यवस्था कडा पार्दै निर्वाचन आयोगको अनुमति (पास) बिना चलाइएका ९०० सवारीसाधनलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले नेपाल न्यूज बैंकसँग कुरा गर्दै अनुमति (पास) बिना…