Logo

कर्पोरेट-बजार

ग्रेटवालका ५५ लाखदेखि ९७ लाख मूल्यसम्मका तीन नयाँ मोडल बजारमा


GDP Nepal
   ५ श्रावण २०७८, मंगलबार


काठमाडौं । ग्रेटवाल मोटर्सले नेपाली बजारमा तीन मोडेलका गाडी भित्र्याएको छ ।
५५ लाख ५० हजारदेखि ९७ लाख मूल्यसम्मका यी तीन नयाँ मोडलले नेपालको अटो बजारमा उच्च गुणस्तरयुक्त प्रविधि, उत्कृष्ट कार्य प्रदर्शन तथा आरामदायी सवारका लागि आयाम थप्ने कम्पनीको विश्वास छ ।

विशाल ग्रुपको सहायक संस्था भी.जी.इम्पेक्स प्रा. लि. नेपालमा ग्रेटवाल मोटर्सका लागि आधिकारिक विक्रेताहो । भी.जी.इम्पेक्सले ग्रेटवालका दुईवटा क्ग्ख् र एक पिक–अप मोडेल बजारमाल्याएको छ । यी तीनवटै गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहनेमा विश्वस्त रहेको कम्पनीले जनाएको छ ।

ग्रेटवालले ल्याएको थर्ड जेनेरेसन हभाल एच सिक्स गाडी एसयूभी वर्गमा सुविधा र लक्जरीको बेजोड नमूना हुनुका साथै शक्ति र विलासिताको अनुपम संगम भएको दावी गरेको छ । २.० लिटरको टर्बो पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिने गाडीमा १५० किलोवाट शक्ति र ३२० एनएम टर्क डिस्प्लेसमेन्टले अर्कैखाले अनुभुति प्रदान गर्ने जनाइएको छ ।

यस मोडलको प्रारम्भिक मूल्य ९६ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको र यो गाडी तीनवटा रंगहरु हेमिल्टन व्हाईट, अयेर्स ग्रे र अत्लान्तिस ब्लुमा नेपालमा उपलब्ध हुने जनाइएको छ ।

हभाल जोलिअन मोडेल पनि तीनवटा संस्करणमा प्रस्तुत गरिने जनाइएको छ । १.५ लिटरको पेट्रोल इन्जिन रहेको यो गाडीमा ११० किलोवाट शक्ति र २२० एनएम टर्क डिस्प्लेसमेन्टले अधिकतम आउटपुट दिने कम्पनीको दावी छ ।

बढी ग्राउण्ड क्लीयरंसले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई अर्कै स्तरमा पु¥याउने यस गाडीमा चार किसिमको ड्राईभ मोड, इलेक्ट्रिक पार्किङ्ग ब्रेकिङ्ग र ७३ प्रतिशत उच्च गुणस्तरको स्टीलले बनेको जनाइएको छ ।

यो गाडी पाँच वटा रंगहरु ब्लु, ब्लैक, गे्र, हेमिल्टन व्हाईट र मार्स रेडमा उपलब्ध छ भने यसको प्रारम्भिक मूल्य ५५ लाख ४९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।

पोअर पिक–अप मोडेल दुईवटा संस्करण एलीट र पाईलटमा बजारमा उपलब्ध हुने जनाइएको छ । २.० लिटरको डिजल इन्जिन रहेको यो गाडीमा १२० किलोवाट शक्ति र ४०० एनएम टर्क डिस्प्लेसमेन्ट रहेको छ । यस गाडीको प्रारम्भिक मूल्य ६४ लाख ९९ हजार ९९९रुपैयाँ रहेको छ ।

कम्पनीले चाँडै नै विद्युतीय गाडी पनि ल्याउने जनाएको छ ।

प्रकाशित : ५ श्रावण २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह