Logo

Banner-news

तारे होटलका श्रमिकले ४ हजारदेखि १० हजारसम्म पाउने, पुस १५ सम्म ढुक्कले जागिर !


GDP Nepal
   ४ श्रावण २०७७, आइतबार


काठमाडौं । कोरोनाले अतिप्रभावित तारे होटलका श्रमिक तथा कर्मचारीले घरमै बसीबसी तलब पाउने भएका छन् । श्रमिकले मासिक ४ हजारदेखि १० हजारसम्म पाउने भएका छन् भने आउँदो पुस १५ सम्म उनीहरुको जागिर पनि सुरक्षित रहनेछ ।

होटल संघ नेपाल र तीन प्रमुख मजदुर संगठनबीच भएको सहमतिअनुसार डिलक्स पाँचतारे (दुईसय भन्दा माथि कोठा भएको) होटल तथा सोही स्तरको रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीले अब मासिक १० हजार रुपैयाँ तलब प्राप्त गर्ने छन् ।

यस्तै, दुई सय कोठा भन्दा कम भएको पाँचतारे होटल कर्मचारीलाई मासिक ९ हजार, सय कोठाभन्दा बढी भएको चार तारे होटलका कर्मचारीलाई मासिक ८ हजार ४५५ रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ ।

सहमतिअनुसार एक सयभन्दा कम कोठा भएको चार तारे होटर्लमा कार्यरत कर्मचारीलाई मासिक ८ हजार, तीन तारेका कर्मचारीलाई ५ हजार, दुई तारेकालाई ४ हजार ३ सय रुपैयाँ उपलब्ध गराइने उल्लेख छ ।

एक तारे र पर्यटक स्तरीयको होटल तथा रिसोर्टहरूमा भने आपसी समझदारीमा रकम उपलब्ध गराइने भनिएको छ । हानका प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार मजदुरको कोरोनाले होटल व्यवसाय थलिए पनि बैंकबाट ऋण नै लिएर भए पनि जीवनयापनका लागि यो रकम उपलब्ध गराउन लागिएको हो ।

सम्झौताअनुसार लकडाउन रहेसम्म प्रत्येक महिना २ (दुई) दिन र खुलेपछि प्रत्येक ३० (तीस) दिन काममा नबोलाएमा ४ (चार) दिनका दरले यो सम्झौताको अवधिभरी हुन आउने सञ्चित बिदाबाट कट्टा गरिनेछ ।

सम्झौता अवधिभित्र स्वेच्छिक अवकाश लिन चाहने, आफ्नो स्वेच्छाले राजिनामा दिई सेवाबाट अलग हुन चाहने र उमेरको हदको कारण अवकाश पाउने वा अन्य अवस्थामा श्रमिक, कर्मचारीको सेवा अन्त्य हुँदा बन्दाबन्दी अगाडि खाईपाई आएको सुविधा दिई सेवा अन्त्य गर्न पाइनेछ ।

प्रकाशित : ४ श्रावण २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह