Logo

बैंक / बिमा /शेयर

चार्टर्ड एकाउन्टेन्ट संघका सदस्यका श्रीमतीलाई कामना सेवाबाट बिनाधितो १५ लाख ऋण


GDP Nepal
   २९ श्रावण २०७७, बिहिबार


काठमाडौं । नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) र कामना सेवा विकास बैंक लि. बीच एक्यानमा आवद्ध सदस्यहहरुलाई बिना धितामो प्रोफेश्नल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

द्विपक्षीय समझदारी पत्र अनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १२४ शाखाबाट एकै दिनमा बिना धितोमा १५ लाख सम्मको प्रोफेश्नल कर्र्जा प्रदान गरिनेछ ।

यो सम्झौता पछि एक्यानका सदस्यहरुले व्यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि बिना धितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफु बिस्वस्त रहेको संघका उपाध्यक्ष रमेश धितालले जानकारी गराए ।

एक्यानमा आवद्ध सदस्यका श्रीमतीद्वारा सञ्चालित व्यापार व्यवसायलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाहको लागि समझदारी भएको धितालले जानकारी गराए । आगामी दिन यसका साथै अन्य बैंक तथा बित्तिय संस्था संग समेत समझदारीको लागि छलफल भैरहेको धितालको भनाइ छ ।

समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल चार्टड एकाउन्टेन्ट संघ. तर्फबाट अध्यक्ष आनन्द राज शर्मा वाग्लेले कामना सेवा विकास बैंकको केन्द्रिय कार्यलयमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ वि.सं २०३५ सालमा स्थापना भएको गैरनाफामूलक, गैरराजनैतिक तथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एक मात्र पेशागत संघ हो ।

यसको मुख्य उद्धेश्य देशमा लेखाब्यवसायको संरक्षण एवम् सम्र्वदन गरी सुब्यवस्थित एवम् सुचारु रुपले लेखा ब्यबसाय संचालन गराउने तथा सदस्यहरुको सामूहिक हितको संरक्षण गर्नु हो । यो संघ चार्टड एकाउटेण्टहरुको छाता संगठन भएकोले लेखा परीक्षण, लेखा तथा लेखामान, करपरीक्षण, कर परामर्श, कानुनी परामर्श आदि विषयमा विज्ञहरुको जम्मा हुने थलो हो ।

प्रकाशित : २९ श्रावण २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह