Logo

Banner-news

मल अभावबारे बाबुराम भट्टराईः सके कारखाना खोलौं, नसके खाडीबाट सीधै आयात गरौं !


GDP Nepal
   १८ भाद्र २०७७, बिहिबार


काठमाडौं । युरिया मल अभावले किसानको खेतमा धान बाला नलाग्दै पहेँलिन थालिसकेको छ । सरकार भने बंगलादेशसँग मल पैँचो माग्दैछ । यता किसान १० किलो मलका लागि दिनभर लाइन बस्न बाध्य छन् ।

हरेक वर्ष यो सिजनमा दोहोरिने मल अभाव यस वर्ष थप पेचिलो बनेको छ । सरकारको आलोचनालाई छाडेर केही प्रवुद्ध व्यक्तिहरुले रचनात्मक सुझाव पनि दिइरहेका छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भन्छन्ः सके कारखाना खोलौं, नसके खाडीबाट सीधै आयात गरौं ।

भट्टराईले क्षेत्रीय साझेदारीमा मल कारखाना खोल्न सुझाएका छन् । उनले भारत, चीन र बंगलादेशसँग सहकार्य गरेर नेपालले मल कारकाखाना खोल्न सक्ने पहिलो विकल्प रहेको बताएका हुन् । उनले ट्वीटमा दोस्रो विकल्पका रुपमा भने बढी मल उत्पादन हुने खाडी मुलुकसँग सम्झौता गरेर सीधै आयात गर्न सकिने बताएका छन् । हाल ठेकेदारमार्फत मल आयात गर्ने गरिएको छ । तर, ठेकेदारले समयमै मल भित्र्याउन नसक्दा सरकारले कारबाही समेत गर्न सकेको छैन ।

पूर्वप्रधानमन्त्री भट्टराइले तेस्रो विकल्पका रुपमा भने तेलमा जस्तै मलमा पनि भारतसंग द्विपक्षीय सम्झौता गरेर आयात गर्न सकिने सुझाव पनि दिएका छन भने देशभित्रै प्रांगारिक मल प्रवर्द्धन गर्न सकिने विकल्प पनि उनले सुझाएका छन् ।

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह