Logo

Banner-news

हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात अन्ततः असोज ५ बाट खुल्ने


GDP Nepal
   २९ भाद्र २०७७, सोमबार


काठमाडौं । सरकारले हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात सुचारु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान र सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार ‘स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको छ ।

चैत १० गतेदेखि लामो दुरीको यातायात बन्द छन्। त्यस्तै, चैत ११ गतेदेखि आन्तरिक हवाई उडान बन्द छ। अन्तर्राष्ट्रिय उडान भने यसअघि नै सर्तसहित खुलिसकेको छ।

यातायात खुले पनि सीमा नाकाहरू भने तत्काल नखुलाउने निर्णय भएको जनाइएको छ ।

प्रकाशित : २९ भाद्र २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह