Logo

Banner-news

निकासी पैठारी संघले माग्यो राजस्व बोर्डमा सहभागिता !


GDP Nepal
   २ आश्विन २०७७, शुक्रबार


काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले राजस्व बोर्डमा आफूहरुलाई सहभागी गराउन माग गरेको छ । संघको ्प्रतिनिधिमण्डलले बिहीबार अर्थ सचिव शिशिरकुमार ढुंगाना र राजस्व सचिव रामशरण पुडासैनीलाई भेटेर सहभागिताको माग गरेको हो ।

संघका अध्यक्ष सुनिलकुमार वंशलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सो अवसरमा स्थायी राजस्व बोर्डमा संघको सहभागिता गराउन माग गरेको विज्ञप्तिमा उल्लेख छ । संघ आयात–निर्यातकर्ता व्यवसायीको प्रतिनिधि संस्था रहेको, लामो समयदेखि सरकारका विभिन्न निकायमा संघको सहभागिता रहेको जनाउँदै स्थायी राजस्व बोर्डमा पनि संघलाई सहभागी गराउन माग गरेको हो ।

त्यसैगरी, प्रधानमन्त्री तथा राष्ट्रपतिबाट हुने विदेश भ्रमणमा सहभागी हुने व्यापारिक प्रतिनिधिमण्डलमा संघको प्रतिनिधित्व गराउन, आयातमा प्रतिबन्ध लागेका कारण मदिराको चोरी पैठारी बढेको लगायत डिएपीबाट हुने आयातमा तोकिएको रकमको सीमाले उधारोमा सामान आयात गर्न पाउने सुविधाबाट स्वदेशी व्यवसायी वञ्चित भएको विषयमा प्रतिनिधिमण्डलले सचिवद्वयको ध्यानाकर्षण गराएको छ ।

जवाफमा दुवै सचिवले संघका जायज मागहरुलाई सम्बोधन गर्ने वचन दिएका छन् । प्रतिनिधिमण्डलमा अध्यक्ष वंशलका अतिरिक्त उपाध्यक्ष विनोदकुमार सेठिया र शिवकुमार अग्रवाल, महासचिव मदन मित्तल, सचिव अनिलकुमार अग्रवाल र कार्यसमिति सदस्य गौरव शारडा सहभागी थिए ।

प्रकाशित : २ आश्विन २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह