Logo

Banner-news

कोभिड– १९ रिकभरीका लागि विश्व बैंकले नेपाललाई २३ अर्ब ६३ करोड दिने


GDP Nepal
   २ आश्विन २०७७, शुक्रबार


काठमाडौं । विश्व बैंकले नेपाललाई २३ अर्ब ६३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । कोभिड–१९ पछिको अवस्थामा वित्तीय लचिलोपना र अर्थतन्त्रको रिकभरीलाई प्रोत्साहित गर्न यो सहयोग गर्ने भएको छ ।

बैंकले नेपालको वित्तीय क्षेत्रलाई सुदृढ पार्न विश्व बैंकको २०० मिलियन डलरको सहयोग गर्ने शुक्रबार घोषणा गरेको हो । शुक्रबारकै विनिमय दरअनुसार यो रकम २३ अर्ब ६३ करोड रुपैयाँ बराबर हुनेछ ।

विकासका लागि वित्त नीति कार्यान्वयनका लागि वित्तीय क्षेत्र स्थिरता सुदृढीकरण गर्न, वित्तीय समाधानलाई विविधीकरण गर्न, र नेपालको कोभिड असर लचिलोपना र पुनः प्राप्ति प्रयासको समर्थनमा वित्तीय सेवामा पहुँच वृद्धि गर्न यो ऋण अनुमोदन गरिएको विश्व बैंकले जनाएको छ ।

“कोभिड १९ को युगमा मानिसहरूको ज्यान जोगाउनु प्राथमिकता हो, तर आर्थिक सुधारलाई जोड दिनु पनि उत्तिकै जरुरी छ,” माल्दिभ्स, नेपाल र श्रीलंकाका विश्व बैंकका निर्देशक फरिस हदद जर्भोसले भने, “यो परियोजना र विश्व बैंकको सहयोगले वित्तीय क्षेत्र र पूँजी र बीमा बजारहरूको लचिलोपनलाई अझ सुदृढ पार्न र नेपालको कोभिड १९ रिकभरीमा बढी प्रभावकारी रूपमा योगदान पु¥याउनको लागि मार्ग प्रशस्त गर्नेछ ।

वृद्धिका लागि वित्त अपरेसनले बैंकिङ र वित्तीय संस्थाहरूको सामना गर्ने जोखिमहरूको बृद्धि पर्यवेक्षणलाई समर्थन गर्ने जनाइएको छ । विशेष गरी महामारीको प्रभावको सन्दर्भमा यस अपरेसनले पूंजी, बीमा, उद्यम पूंजी र निजी इक्विटी र प्रकोप जोखिम वित्त पोषण बजार निर्माण गर्न मद्दत गर्दछ ।

फोकसको अर्को महत्वपूर्ण क्षेत्र भनेको नियामक र अन्य सुधारहरूको माध्यमबाट परिवार, महिला र फर्महरूको लागि फाइनान्सको पहुँच विस्तार गर्नु हो जसले अन्तर्राष्ट्रिय वित्तको थप प्रवाहलाई आकर्षित गर्दछ र डिजिटल सेवाहरू, पूर्वाधार र साक्षरता कार्यक्रमहरूको परिचालन गर्दछ ।

योे परियोजनाले महामारीबाट उत्पन्न हुने नयाँ सामाजिक आर्थिक चुनौतीहरूको लागि वित्तीय क्षेत्रलाई राम्रो प्रतिक्रिया दिनको लागि सरकारको महत्वपूर्ण सुधार एजेन्डालाई समर्थन गर्ने जनाइएको छ ।

“डिजिटल वित्तीय सेवामा पहुँच पु¥याउने र प्रकोपहरूलाई सम्बोधन गर्न सरकारको वित्तीय स्रोतलाई पूरक बनाउन निजी वित्त पोषण आकर्षित गर्ने दुईवटा नवीनताहरू छन् जसले नेपालका घरपरिवार र महिलाहरूलाई ठूलो फाइदा पु¥याउँछन्,” विश्व बैंकका प्रोजेक्ट टास्क लीडर पीटर मौसले भने ।

प्रकाशित : २ आश्विन २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह