Logo

बैंक / बिमा /शेयर

सेती जलविद्युतमा एनएमबि बैंकको सहवित्तीयकरणमा साढे ३ अर्ब लगानी


GDP Nepal
   ३० आश्विन २०७७, शुक्रबार


काठमाडौं । एनएमबि बैंक लिमिटेडले २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।

गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको माछापुच्छ«े गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडमार्फत निर्माण गर्दैछ । यस परियोजनामा एनएमबि बैंक लि. अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंक लिमिटेड रहेका छन् ।

२५ मेगाावाट क्षमता भएको सेती नदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये बैकहरुको लगानी कुल ३ अर्ब ५० करोडको हुनेछ । यो आयोजनासमेत एनएमबि बैंक लि.ले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

प्रकाशित : ३० आश्विन २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह