Logo

Banner-news

ओमनमा अब नेपालीले अनअराइभल भिसा पाउने, ९० दिनसम्म बस्न सक्ने


GDP Nepal
   ४ कार्तिक २०७७, मंगलबार



काठमाडौ । नेपाल र ओमन सरकारबीच प्रवेशाज्ञा सहजीकरणका लागि सम्झौता भएको छ । जसअनुसार ओमानमा अब नेपालीले अनअराइभल भिसा पाउने छन् भने ९० दिनसम्म बस्न सक्नेछन् । यस्तै, ओमानका नागरिकको हकमा पनि यही व्यवस्था लागू हुनेछ ।

नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुट सम्बन्धी सम्झौता भएको हो । सोमबार ओमानको परराष्ट्र मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उक्त सम्झौतामा हस्ताक्षर भएको जनाइएको छ ।

सम्झौताअनुसार ति राहदानीवाहक दुवै देशका नागरिकले एक अर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मितिदेखि ९० दिन सम्म प्रवेशाज्ञा नलिइकन प्रवेश गर्न, ट्रान्जिटको रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्ने जनाइएको छ ।

सोमबार भएको उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबिले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतपछि ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमण लगायत अन्य गतिबिधिहरू बढाउन सहयोग पुग्ने छ । त्यसैगरी पछिल्लो समयमा ओमान अन्तराष्ट्रिय विमानस्थल व्यस्त ट्रान्जिटको रूपमा विकास भैरहेको सन्दर्भमा श्रमलगायत अन्य विविध गतिविधिहरूका लागि त्यहाँ हुने भ्रमणहरूमा समेत यस सम्झौताले सहजीकरण गर्नेछ ।

हस्ताक्षर कार्यक्रमपछि आआफ्नो धारणा राख्दै दुबै देशका प्रतिनिधीले प्रवेशाज्ञामा सहजीकरण भएसँगै दुवै देशले आपसी सम्बन्धलाई थप गतिशिल र सक्रिय बनाउनु पर्ने विषयमा विचार व्याक्त गरेका थिए ।

सो अवसरमा कोरोनाको प्रभावका बाबजुद पनि देशहरूले अर्थतन्त्रलाई चलायमान बनाउन सबैले रचनात्मक तथा नवप्रवर्तनात्मक क्रियाकलापमा जोड दिनु पर्ने विचार व्याक्त गरेका थिए । यसैगरी छलफलमा द्विपक्षीय लगानी र पर्यटन प्रबद्धन एवम् आपसी हितका विषयहरू पनि छलफल भएको थियो ।

उक्त हस्ताक्षर कार्यक्रममा परराष्ट्र मन्त्रालय ओमानका तथा नेपाली दूतावासका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित : ४ कार्तिक २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह