Logo

Banner-news

पर्यटन बोर्डलाई स्कल इन्टरनेशनलको प्रेसिडेन्ट अवार्ड !


GDP Nepal
   ६ कार्तिक २०७७, बिहिबार


काठमाडौं । यूरोपको स्पेनमा मुख्यालय रहेको अन्तराष्ट्रिय पर्यटन संस्था स्कल इन्टरनेशनलले नेपाल पर्यटन बोर्डलाई सन् २०२० को प्रेसिडेन्ट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । करपोरेट विधा अन्तरगत यो सम्मान वर्ष कै गन्तब्यका रुपमा नेपाललाई घोषणा गरिएकाले दिइएको बताइएको छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले अहिलेको परिस्थितिमा नेपाल प्रबद्र्धन गर्ने अभियानलाई यस सम्मानले अझ उर्जा थपेको बताए । यो सम्मान सार्वजनिक निजी साझेदारी अवधारणा अन्तरगत स्थापित यस बोर्डले अघि बढाइरहेको अभियानहरु र निजी क्षेत्रको सक्रियता र निरन्तर उत्प्रेरणाबाट संभव भएको उनको भनाइ छ ।

वार्षिक रुपमा प्रदान गरिने यो विशेष सम्मान १९८३ बाट प्रदान गरिदैं आएको छ । पर्यटन क्षेत्रमा संस्थागत रुपमा अभियान मार्फत सकरात्मक उर्जा निर्माण गर्न सघाउने संस्थालाई यो सम्मान प्रदान गरिन्छ ।

प्रकाशित : ६ कार्तिक २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह