Logo

लक्ष्मी प्रिमियम मोटर्सले ल्यायो नेपालका लागि बिएमडब्लूको डिलरशिप




काठमाडौं । लक्ष्मी प्रिमियम मोटर्स प्रालिले नेपालमै पहिलो पटक बिएमडब्लूूको डिलरशिप ल्याएको छ । लक्ष्मी प्रिमियम मोटर्स लक्ष्मी ग्रुप नेपाल अन्तर्गतको कम्पनी हो ।


लक्ष्मी प्रिमियम मोटर्स बीएमडब्लू मोटर्सको अफिसियल लन्चको तयारीमा जुटेको छ । यसका लागि अभिन्न अंग बन्न र नेपालमा पहिलोपटक अत्याधुनिक बीएमडब्लूको डिलरशिप अनावरण गर्नको लागि जुटेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले अफिसियल फेसबुक पेज र युट्युब च्यानलबाट मंसिर २२ गते बिहान ११ बजेदेखि हुने भर्चुअल इभेन्टमा सहभागी हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्