Logo

बैंक / बिमा /शेयर

बैंक अफ काठमाण्डूका ग्राहकलाई लभी रेस्टुरेन्टमा १० प्रतिशत छुट


GDP Nepal
   ७ माघ २०७७, बुधबार


काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र लभी रेस्टुरेन्टबिच छुटसम्बन्धी सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

सम्झौता पश्चात् ग्राहक महानुभावहरुले ल्भी रेस्टुरेन्टको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशत छुट पाउनेछन् । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र लभी रेस्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरे ।

बैंक अफ काठमाण्डू लिमिटेडले ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : ७ माघ २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह