Logo

Banner-news

नेपाल भारत रेल्वे सम्झौता पारवहन सम्बन्धमा कोशेढुंगाः चेम्बर


GDP Nepal
   २७ असार २०७८, आइतबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल र भारत सरकारबीच हालै सम्पन्न संधोधित रेलवे सम्झौताकोे स्वागत गरेको छ ।

सम्झौतामा उल्लेख भएका प्रावधानहरुले नेपालको अन्तर्राष्ट्रिय व्यापार तथा कार्गो ढुवानीलाई दीर्घकालीन रूपमा फाइदा पुग्ने चेम्बरको विश्वास छ । जुनसुकै कार्गो सेवा प्रदायक रेल सेवा कम्पनीबाट नेपाल आउने कार्गो ल्याउन पाइने व्यवस्थाले सीमित कम्पनीको एकाधिकार अन्त्य भइ प्रतिस्पर्धी मूल्यमा आयात तथा निर्यात गर्न सकिने अवस्था सिर्जना भएको जनाइएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले संशोधित प्रावधानहरु अनुसार प्रस्तुत सम्झौता दुवै देश बीचको व्यापार तथा पारवहन सम्बन्धमा कोशेढुंगा हुने बताउँदै यसका लागि दुवै देशका सरकारलाई धन्यवाद दिएका छन् ।

अध्यक्ष मल्लले यसबाट नेपालको वैदेशिक व्यापारमा ठूलो सघाउ पुग्ने उल्लेख गर्नु गर्दै चेम्बरले बिगत लामो समयदेखि व्यावसायिक लागत घटाउन पारवहन लागतमा कमी हुनु पर्नेमा जोड दिँदै आएकोमा यस संशोधित सम्झौताले पारवहन लागतमा कमी हुन गइ नेपाली उत्पादनका मालवस्तुहरु प्रतिस्पर्धी हुने विश्वास व्यक्त गरे । यसबाट वैदेशिक व्यापार सन्तुलनमा टेवा पुग्ने चेम्बर अफ कमर्सको विश्वास रहेको छ ।

सम्झौताका प्रावधानको यथाशीघ्र कार्यान्वयन गर्न चेम्बरले सरकारसमक्ष माग गरेको छ । यस्तै, सम्झौताबाट लाभ लिइ वैदेशिक व्यापारका क्षेत्रमा लागत क मगर्न व्यावसायिक जगतलाई चेम्बरले आग्रह समेत गरेको छ ।

प्रकाशित : २७ असार २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह