Logo

Banner-news

देउवालाई स्वर्णिम वाग्लेको पाँच टिप्सः कोभिड खोपदेखि आर्थिक पुनरुत्थानसम्म


GDP Nepal
   ३० असार २०७८, बुधबार


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले कोभिड विरुद्धको खोप र जनस्वास्थ्यमा ध्यान दिन आग्रह गरेका छन् । वाग्लले प्रधानमन्त्री देउवालाई परिपक्व रणनीतिक समन्वयकारीको संज्ञा दिँदै सफल लिगेसी छाड्न पनि आग्रह गरेका छन् ।

वाग्लेले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भनेका छन्ः परिपक्व रणनीतिक समन्वयमा चाख राख्नुहुने प्रधानमन्त्रीले अब्बल सहयोगीहरुको चुस्त टोली बनाइ सफल लेगेसी छोड्नुहुने कामना गर्दछु।

यूएनडीपीका एसिया प्यासिफिक क्षेत्रका लागि प्रमुख आर्थिक सल्लाहकारमा हालैमात्र नियुक्त भएका डा. वाग्ले देउवाको अघिल्लो प्रधानमन्त्रीकालमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए ।

वाग्लेले फेसबुकमा लेखेका छन्ः (१) खोप र जनस्वास्थ्य, (२) आर्थिक पुनरुत्थान (३) विधिको सुशासन (४) सन्तुलित परराष्ट्र सम्बन्ध (५) युवाकेन्द्रित आशाको संचार : यी पाँच प्राथमिकतामा ध्यान दिनुहुनेछ नै। परिपक्व रणनीतिक समन्वयमा चाख राख्नुहुने प्रधानमन्त्रीले अब्बल सहयोगीहरुको चुस्त टोली बनाइ सफल लेगेसी छोड्नुहुने कामना गर्दछु।

प्रकाशित : ३० असार २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह