Logo

Banner-news

देउवालाई विश्वासको मतः पक्षमा १६५, विपक्षमा ८३ सांसद


GDP Nepal
   ३ श्रावण २०७८, आइतबार


प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदको प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेको छ ।

आइतबार संसदमा भएको मत विभाजनअनुसार २४९ सांसद उपस्थित रहेकोमा प्रधानमन्त्री देउवाको पक्षमा १६५ मत प्राप्त भएको छ भने विपक्षमा ८३ मत परेको छ ।

सर्वोच्च अदालतको परमादेशपछि पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै प्रधानमन्त्री देउवाले सांसदहरुसमक्ष विश्वासको मत मागेका थिए ।

देउवालाई सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहित जनता समाजवादी पार्टीका दुवै समूह तथा राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएको हो ।

एक सिट रहेको राप्रपा भने तटस्थ बसेको थियो ।

यद्यपि नेकपा एमाले संस्थापन समूह निकट रहेका ८ सांसदहरु हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले, किसान श्रेष्ठले देउवालाई मत दिएका छन् ।

यससँगै प्रतिनिधिसभा समयअगावै विघटन हुनबाट जोगिएको छ ।

प्रकाशित : ३ श्रावण २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह