Logo

Banner-news

योजना आयोगमा पौडेल, ओलीले बर्खास्त गरेका प्रदेश प्रमुखको पुनर्नियुक्ति !


GDP Nepal
   १२ श्रावण २०७८, मंगलबार


काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा विश्व पौडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले युवा अर्थशास्त्री पौडेललाई आयोग उपाध्यक्षमा नियुक्त गरेको हो ।

विश्व पौडेल

यस्तै, सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रमुखहरु परिवर्तनको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले चितवनका पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को उक्त सिफारिससँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्तको प्रक्रियामा गएका छन् । शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख भए पनि तत्कालीन केपी ओली सरकारले उनलाई पदमुक्त गरेको थियो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका शेरचनलाई नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुखमा सिफारिस गरेको हो । यस्तै गुरुङ नेपाली कांग्रेस चितवनका पूर्वसभापति हुन् ।

बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले यही साउन २६ गतेदेखि लागू हुने गरी नेपाली सेनाका बलाधिकृत रथि प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिमा मुकरर गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापा उमेर हदका कारण यसै महिना सेवाबाट निवृत्त हुँदै छन् । यसैगरी बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद्बाट भएको उनले बताए ।

प्रकाशित : १२ श्रावण २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह