Logo

Banner-news

जीवन विकासको सेयर पहिलो दिनै ९८९ रुपैयाँः साढे १३ लाख कित्ता खरिद अर्डर, बिक्री अर्डर शून्य


GDP Nepal
   १४ श्रावण २०७८, बिहिबार


काठमाडौं । कारोबार सुरु भएको पहिलो दिन नै जीवन विकास लघुवित्तको सेयर मूल्य ८.२२ प्रतिशतले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जमा बिहीबार प्रतिकित्ता ९१४ रुपैयाँमा कारोबार सुरु भएको जीवन विकास लघुवित्तको सेयर अन्तिम कारोबार भने ९८९.१० रुपैयाँमा भयो ।

यद्यपि, यो समाचार तयार पार्दासम्म जीवन विकास लघुवित्तको सेयरका लागि कुनै पनि बिक्री आदेश छैन भने १३ लाख ६० हजार ३९९ कित्ताका लागि खरिद आदेश रहेको देखिन्छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाको ६० लाख ८४ हजार कित्ता आईपीओ बुधबार सूचीकृत भएको थियो । नेपाल स्टक एक्सचेञ्जले जीवन विकासलाई न्युनतम् ३०५ रुपैयाँ २७ पैसा देखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा मूल्य तोकेको थियो ।

प्रकाशित : १४ श्रावण २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह