Logo

Banner-news

अर्थ र स्वास्थ्य मन्त्रालयका सचिव फेरिए, गृहमा कहिले ?


GDP Nepal
   १७ श्रावण २०७८, आइतबार


काठमाडौं । सरकारले अर्थ र स्वास्थ्य जस्ता दुई महत्वपूर्ण मन्त्रालयमा सचिव परिवर्तन गरेको छ । अर्थ सचिव शिशिरकुमार ढुंगाना र स्वास्थ्य सचिव लक्ष्मणप्रसाद अर्याललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

अढाई दशक अर्थ मन्त्रालयको अनुभव सम्हालेका मधु मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिइएको छ । मरासिनी यसअघि महालेखा नियन्त्रक थिए ।

मधु मरासिनी

स्वास्थ्यमा प्रशासनतर्फका सचिव अर्यालको सरुवा भए पनि स्वास्थ्य सेवातर्फ बढुवा भएका डा. रोशन पोख्रेल सचिवका रुपमा कार्यरत छन् । अब स्वास्थ्यमा प्रशासनतर्फका सचिव रहने छैनन् । यसअघि दुई सचिवका कारण मन्त्रालयका काम कारबाही प्रभावित बन्दै आएका थिए ।

कोभिड महामारीसँगै खोप आयात, वितरण तथा बजेट विनियोजनजस्ता महत्वपूर्ण निर्णय गर्ने दुई मन्त्रालयको सचिव सरुवालाई महत्वका साथ हेरिएको छ ।

अर्थ र स्वास्थ्यपछि अब गृह मन्त्रालयमा सचिव परिवर्तनको चर्चा छ । स्रोतका अनुसार गृहसचिवको समेत यसैसाता सरुवा हुँदैछ ।

वर्तमान गृहसचिव महेश्वर न्यौपाने तत्कालीन प्रधानमन्त्री केपी ओलीनिकट रहेका कारण उनको सरुवा निश्चितप्रायः रहेको बताइन्छ । गृहमा जान धेरै सचिवहरुको रुचि रहे पनि कसले बाजी मार्छ भन्ने टुंगो लागेको छैन ।

प्रकाशित : १७ श्रावण २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह