Logo

Banner-news

मध्यभोटेकोशीको सेयर आवेदन म्याद थपियो, अब साउन ३१ गतेसम्म


GDP Nepal
   १८ श्रावण २०७८, सोमबार


काठमाडौँ । स्थानीयवासीलाई दिइने मध्यभोटेकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन गर्ने म्याद थप गरिएको छ । स्थानीयवासीको आग्रह बमोजिम आवेदन गर्ने समय बढाइएको बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल लिमिटेडले जनाएको छ।

मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका अनुसार अब आयोजना प्रभावितले यही साउन ३१ गतेसम्म साधारण शेयरमा आवेदन दिन सक्नेछन् । यसअघि यही साउन १७ गतेसम्म साधारण शेयरमा आवेदन गर्ने समय सीमा रहेको थियो । कम्पनीले प्रति शेयर अङ्कित मूल्यका ६० लाख कित्ता साधारण शेयर स्थानीयवासीका लागि बिक्री गरिरहेको छ ।

त्यसमा १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र र ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाबासीका लागि बिक्री हुनेछ । साधारण शेयरमा न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्म शेयर आवेदन दिने व्यवस्था गरिएको छ । आयोजना प्रभावित भोटेकोशी गाँउपालिका १ र ५, बाह्रबिसे नगरपालिका ५, ६ ७ र ८ मा बसोबास गर्ने बासिन्दा र आयोजना प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्नेले साधारण शेयरमा आवेदन दिन पाउने व्यवस्था छ ।

आयोजना कूल १०२ मेगावाट क्षमताको हो । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रूपमा रहेको मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सो आयोजना निर्माण गरिरहेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ ।

मध्यभोटेकोशीको सेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई यसअघि नै प्रदान गरिसकिएको छ भने सर्वसाधारणका लागि खुलाउने तयारी भइरहेको छ ।

प्रकाशित : १८ श्रावण २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह