Logo

Banner-news

एचआइडीसीएलको हकप्रद आधामात्र बिक्री, १५ दिन म्याद थपियो


GDP Nepal
   २५ श्रावण २०७८, सोमबार


काठमाडौं। सेयर बजारमा बहार आएको बेला पनि दोस्रो बजारमा ठूलो परिमाणमा सेयर रहेको हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)को हकप्रदमा लगानीकर्ताको रुचि देखिएन । जलविद्युत परियोजनामा लगानी गर्ने उद्देश्यसहित स्थापना भएको कम्पनीले अपेक्षित रुपमा पुँजी परिचालन गर्न नसक्दा कम्पनीको हकप्रद निर्धारित मितिमा ५० प्रतिशत हाराहारीमा मात्र बिक्री भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार साउन २५ सम्म हकप्रद आवेदन भर्ने मिति तय भए पनि अघिल्लो दिनसम्म कूल् ५५ प्रतिशतले मात्रै भरेका कारण भदौ ८ गतेसम्मलाई म्याद थप गरिएको हो ।

कम्पनीले ६ वर्षअघि (२०७२ साल) मा आइपीओ निष्काशन गरेको थियो । दोस्रो बजारमा यसको सेयर प्रतिकित्ता ४५५ रुपैयाँमा कारोबार भइरहे पनि यसअघि यसको सेयर मूल्य ५०८ रुपैयाँसम्म पुगेको थियो।

कम्पनीको धेरै सेयर अहिले पनि डिम्याट नभएको र हकप्रद भर्न सीमित स्थानमात्र तोकिएकाले कठिनाइ भइरहेको जनाइएको छ । अर्कोतर्फ कम्पनीको कागजी सर्टिफिकेटसमेत नलिनेको संख्या पनि उल्लेख्य छ ।

कम्पनीले हालसम्म ५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिएको थियो। गत वर्ष भने १२ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

प्रकाशित : २५ श्रावण २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह