काठमाडौँ ।
साताको तेस्रो दिन मंगलबार शेयर बजार परिसूचक नेप्से ०.२३ अंकले बढेर तीन हजार एक सय ६० दशमलव ३२ विन्दुमा पुगेको छ ।
आज दुई सय २१ कम्पनीका तीन करोड ६ लाख कित्ता शेयर १८ अर्ब २० करोड रुपैयाँमा कारोबार भएका छन् । विकास बैंक समूह २९२ र फाइनान्स १४१ अंकले बढेका छन् ।
त्यस्तै जलविद्युत समूह ११६ अंकले बढेको छ भने उत्पादन समूह ८९ अंकले बढेको छ । त्यस्तै माइक्रोफाइनान्स समूह ५ अंकले बढेको छ । बैंक, व्यापार, होटल, बीमा र अन्य समूहको शेयर भने घटेको छ । हाज दिव्यश्वरी हाइड्रो, जोशी हाइड्रो, पन्चकन्या माइ हाइड्रो, हिमाल दोलखा हाइड्रोपावर, माउन्टेन इनर्जी, रुरु जलविद्युत, आँखुखोला, गोर्खा फाइनान्स, सिइडिबी हाइड्रोपावर, फस्ट माइक्रोफाइनान्स, अरुण काबेली, जीवन विकास लघुवित्त, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, नेसनल हाइड्रोपावर र आरएसडिसी लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ भने आइसिएफसी फाइनान्स र पाँचथर पावरको मूल्य ८ प्रतिशत बढीले बढेको छ।
आज सबैभन्दा धेरै अपी पावर कम्पनीको ८६ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
प्रतिक्रिया