Logo

अर्थनीति

मौद्रिक नीति सकारात्मक र सन्तुलित : सिविफिन


GDP नेपाल
   १ भाद्र २०७८, मंगलबार


काठमाडौँ ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति सकारात्मक र सन्तुलित रहेको ठहर गरेको छ ।

जारी मौद्रिक नीति कोभिड–१९ को संक्रमण र बाढीपहिरोबाट संकुचित आम व्यवसाय तथा अर्थतन्त्रलाई गतिशिल बनाउँदै कोभिडपूर्वकै लयमा फर्काउनका लागि महत्वपूर्ण रहेको सिविफिनले जनाएको छ ।

यस्तै, सिविफिनले बृहत अध्ययन तथा विश्लेषणका आधारमा बुझाएका सुझावहरु मौद्रिक नीतिमा सम्बोधन भइ कार्यान्वयनमा आएको बताउँदै राष्ट्र बैंकप्रति आभार व्यक्त गरेको छ । त्यसैगरी कोरोना प्रभावित उधोग/व्यवसायहरुको सम्बोधन, आर्थिक बृद्धि, मुद्रास्फिती, मूल्य स्थिरता, बजार व्यवस्थापन, वित्तीय स्थायित्व, आधुनिक भुक्तानी प्रणाली, आर्थिक लक्ष्य प्राप्ति जस्ता विषयहरुमा समेत मौद्रिक नीतिले स्पष्ट व्यवस्था गर्दै सकारात्मक सन्देश दिएको सविफिनले जनाएको छ ।

प्रकाशित : १ भाद्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह