Logo

बैंक / बिमा /शेयर

३८ अंकले बढ्यो नेप्से, २१ अर्ब बढीको कारोबार


GDP नेपाल
   २ भाद्र २०७८, बुधबार


काठमाडौँ ।

साताको चौथो दिन बुधबार पुँजीबजार मापक परिसूचक नेप्से आज उच्च अंकले बढेको छ। आज नेप्से परिसूचक ३७.८७ अंकले बढेर ३१९८.१९ विन्दुमा उक्लिएको छ।

आज बैंकिङ १६, होटल तथा पर्यटन ६, विकास बैंक ३३०, जलविद्युत ५१, फाइनान्स १४८, निर्जीवन बीमा ८३, उत्पादन २५५, अन्य ३, माइक्रोफाइनान्स १, जीवन बीमा १५१ र लगानी समूह १ अंकले बढेको छ भने व्यापार समूह १५ अंकले घटेको छ । शिवम् सिमेन्ट, अरुणभ्याली, जीवन विकास लघुवित्त, अरुण काबेली, आँखुखोला जलविद्युत र महालक्ष्मी विकास बैंकको मूल्य १० प्रतिशतले बढेको हो । गुडविल फाइनान्स र लुम्बिनी विकास बैंकको मूल्य ९ प्रतिशतले बढेको छ। आज कूल २१ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कूल २२८ वटा कम्पनीका तीन करोड ६५ लाख नौ हजार ७५१ कित्ता सेयर एक लाख ८८ हजार ४५४ पटक खरिद-बिक्री भएका छन् ।

 

प्रकाशित : २ भाद्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह