Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमई बैंक र उद्योग वाणिज्य महासंघ प्रदेश–१ बीच साझेदारी


GDP नेपाल
   ३ भाद्र २०७८, बिहिबार


काठमाडौँ ।

ग्लोबल आइएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ बीच महासंघका सदस्यलाई सहज बैंकिङ सेवा पुर्‍यउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

समझदारी पत्रमा बैंकको तर्फबाट बैंकको प्रदेश नं १ प्रमुख सुभाष सापकोटा तथा महासंघको तर्फबाट महासंघको प्रदेश नं १ अध्यक्ष टीकाराज ढकालले हस्ताक्षर गर्नुभएको छ । समझदारीअनुसार बैंकले महासंघको सिफारिसमा बैंकिङ पहुंँच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, नवउद्यमी तथा कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्राथमिकतामा राखी विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्नेछ ।

त्यस्तै, अपांगता भएका व्यक्तिले व्यावसायिक कर्जा लिन चाहेमा विषेश सुविधासहित कर्जा उपलब्ध गरिने पनि समझदारीपत्रमा उल्लेख छ । ग्लोबल आइएमई बैंकल ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : ३ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह