काठमाडौँ ।
साताको कारोबार खुलेको पहिलो दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा उच्च गिरावट आएको छ ।
नेप्से परिसूचक बन्द हुँदा ५६ अंकले घटेको हो । चार दिन पछि मंगलबार मात्र खुलेको बजारमा नेप्से ५६.०३ अङ्कले घटेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहमा ६.२१ अंक अर्थात् २३२ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूहको परिसूचकमा पनि २४४ अंकले गिरावट आएको छ ।
यद्यपि, ५६ अंकमाथिले गुमेको बजारमा कारोबार रकम भने १६ अर्ब बढी भएको छ । नेप्सेका अनुसार आज कुल २२५ कम्पनीका २ करोड ५३ लाख कित्ता माथिको सेयर बजारमा १ लाख ५६ हजार ९१३ पटक किनबेच हुँदा १६ अर्ब १२ करोड ४४ लाखको कारोबार भएको छ ।
प्रतिक्रिया