काठमाडौँ ।
बुधबार सेयर बजार राताम्मे भएको छ । मङ्गलवार ५६ अङ्कले घटेको नेप्से आज बुधवार ४८ दशमलव ४२ अङ्कले घटेर तीन हजार ७६ दशमलव ४४ विन्दुमा झरेको छ ।
आज बैंकिङ समूहको शेयर साढे २९ अङ्कले, व्यापारको ४१, होटल समूहको ५१ र विकास बैंक समूहको शेयर एक सय ६५ अङ्कले घटेको छ । त्यस्तै, फाइनान्सको २१, माइक्रोफाइनान्सको ५७, जीवन बीमा समूहको तीन सय ५४, निर्जीवन बीमा समूहको चार सय २२ अङ्कले, उत्पादनको एक सय ६२ र अन्य समूहको शेयर ३३ अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२७ कम्पनीका १ करोड ९५ लाख ९९ हजार कित्ता सेयर १ लाख १८ हजार बढी पटक बजारमा किनबेच हुँदा १२ अर्ब ९ करोड २१ लाखको मात्र कारोबार भएको छ ।
सबैभन्दा धेरै अरुण काबेली हाइड्रोपावरको ४८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया