Logo

Banner-news

भटमासको तेल निकासीमा नाटकीय वृद्धिले निर्यात व्यापार ४४ प्रतिशत बढ्यो


GDP Nepal
   १० भाद्र २०७८, बिहिबार


काठमाडौं । गत आर्थिक वर्ष (२०७७/७८) मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई १४१ अर्ब १२ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कूल निर्यातमा भटमासको तेलको हिस्सा ३८ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार भटमासको तेलको निर्यातमा नाटकीय वृद्धि भएको छ । जसअनुसार गत आवमा ५३ अर्ब ६५ करोड १६ लाख रुपैयाँको भटमास निकासी भएको छ ।

नेपाली उत्पादनले स्वदेशी माग धान्न नसक्ने भटमासको निकासी बढ्दा वैदेशिक व्यापार सन्तोषजनक देखिए पनि यसले वैदेशिक व्यापारलाई दिगो राख्न नसक्ने जानकारहरु बताउँछन् ।

अघिल्लो वर्ष भटमासको तेल निर्यात १२ अर्ब ६९ करोड मात्रै थियो ।

गत वर्ष गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ५१.७ प्रतिशत र २७.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा १४.७ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा सोयाविन तेलसँगै अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी गलंैचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा कुल वस्तु आयात २८.७ प्रतिशतले वृद्धि भई रु.१५३९ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १५.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२.१ प्रतिशत, २८.६ प्रतिशत र १९.६ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, सुन लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूर्जा, कोल्डरोल्ड सिट इन्क्वाइल, सुपारी लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा कुल वस्तु व्यापार घाटा २७.३ प्रतिशतले वृद्धि भई रु.१३९८ अर्ब ७१ करोड पुगेकोछ । अघिल्लो वर्ष यस्तो घाटा १६.८ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात ९.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो ।

निर्यात–आयात मूल्य सूचकाङ्क द्दद्द। वार्षिक विन्दुगत आधारमा २०७८ असार महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ९ग्लष्त ख्बगिभ क्ष्लमभह० ५.३ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ८.९ प्रतिशतले बढेको छ । २०७७ असार महिनामा २.६ प्रतिशतले बढेको व्यापारको शर्त ९त्भचmक या त्चबमभ० २०७८ असार महिनामा ३.४ प्रतिशतले घटेको छ ।

प्रकाशित : १० भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह