Logo

Sub-banner

सरकारलाई कांगेस सभापति देउवाको प्रश्न–संसद बैठक रोक्नुपर्ने कारण के ?


appharu
   ३ श्रावण २०७५, बिहिबार


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद बैठक स्थगन गर्नुपर्ने कारण माग गरेका छन् । उनले आगामी साउन ११ सम्म संसद बैठक स्थागन गरेकोमा असन्तोष प्रकट गर्दे डा. केसीको अनसनमा सरकारले ज्यादती गरेको बताएका छन् ।


“माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो” सभापति देउवा जीडीपी नेपालसंगको कुराकानीमा भने,“ डा केसीले उठाएका सबै माग र उहाँको स्वास्थ्य उपचारमा सरकारले ध्यान दिनुपर्छ ।” प्रतिनिधीसभाको बैठक यति लामो समयसम्म सार्नुको कारण के भन्नेमा आफुहरु अनभिज्ञ भएको उनले बताए ।

यसअघिको सरकारले संसद्मा पेश गरेको चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक संसदमा ल्याइनुपर्ने सभापति देउवाले बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ ।

प्रकाशित : ३ श्रावण २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह