काठमाडौँ ।
सेयर बजार परिसूचक नेप्से मंगलबार ६९ अङ्कले घटेको छ । यो साता आइतबार झन्डै ५९ अंकको गिरावट भएको नेप्से आज ६९.०५ अंकको उच्च गिरावट हुँदा २९७५.८४ अंकमा बन्द भएको छ ।
आज कुल २ सय २७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७३१ किता सेयर १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ मा खरिदबिक्री भएको छ ।
आज भएको कारोबारमा १३ उपसमूहमध्ये भएका सबै उपसमूहको सेयर ओरोलो लागेको छ । यस्तै जीवन बीमाको सबैभन्दा धेरै ४४७ दशमलव ९८ ले ओरालो लागेको छ भने सबैभन्दा कम उत्पादक कम्पनीको शून्य दशमलव १३ ले ओरालो लागेको छ ।
कारोबारको हिसाबले आज अरुन भ्याली हाइड्रोपावर को १ अर्ब १० करोड बराबरको कारोबार भएको छ ।
त्यस्तै कर्णाली विकास बैंकले सेयर बजार राताम्मै हुदाँ पनि ७ दशमलव ५८ प्रतिशतले बढेको छ । भने यता रुरु जलविद्युत् परियोजना लिमिटेडको ९ दशमलव ९९ प्रतिशतले गुमेको छ ।
प्रतिक्रिया