Logo

Banner-news

नेप्सेमा सामान्य अंकले वृद्धि, ९ अर्ब ३५ करोडको कारोबार


GDP नेपाल
   १६ भाद्र २०७८, बुधबार


काठमाडौँ ।

साताको चौथो दिने बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । लगातार ११८ अंकभन्दा बढीले घटेको नेप्से आज १ अंकको वृद्धि भएको हो । मंगलबार मात्रै नेप्सेमा ६९ अंकको गिरावट भएको थियो ।

आज नेप्से १ अंकले बढेपनि कारोबार भने घटेको छ । मंगलबार १३ अर्ब माथिको कारोबार भएको बजारमा आज १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३५ करोड १८ लाखको कारोबार भएको छ । आज बैंकिङसहित होटल तथा पर्यटन, जीवन बिमा र लगानी उपसूचकमा वृद्धि भएको हो । होटेल तथा पर्यटन उपसूचक सर्वाधिक ३.७६ प्रतिशत, जीवन बिमा उपसूचक ०.४४ प्रतिशत, बैंकिङ उपसूचक ०.४ प्रतिशत र लगानी उपसूचक०.०१ प्रतिशतले वृद्धि भएको छ ।

आज वित्त कम्पनी उपसूचकमा सर्वाधिक २.७५ प्रतिशतको गिरावट हुँदा विकास बैंक उपसूचक ०.७ प्रतिशत, हाइड्रोपावर उपसूचक ०.५८ प्रतिशत र निर्जीवन बिमा उपसूचक ०.४६ प्रतिशतले घटेको छ ।

प्रकाशित : १६ भाद्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह