Logo

Banner-news

सेयर बजारमा पहिरो, साढे ९ अर्बको कारोबार


GDP नेपाल
   १७ भाद्र २०७८, बिहिबार


काठमाडौँ ।

हप्ताको अन्तिम दिन बिहिबार सेयर बजारमा पहिरो गएको छ । बुधवार सामान्य अंकले बढेको नेप्से आज ५० दशमलव १३ अङ्कले घटेर दुई हजार नौ सय २६ दशमलव ८९ विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहको सेयर १६ अङ्कले, विकास बैंकको एक सय ८६ अङ्कले, जलविद्युतको एक सय १६, फाइनान्सको एक सय १४ र माइक्रोफाइनान्स समूहको सेयर साढे २३ अङ्कले घटेको छ । यस्तै जीवन बीमा समूहको सेयर तीन सय ४२, निर्जीवन बीमा समूहको दुई सय ३३, उत्पादनको एक सय २७, अन्य समूहको ३७ र लगानी समूहको सेयर साढे तीन अङ्कले घटेको छ । आज नारायणी विकास बैंक, कर्णाली विकास बैंक, अरुण काबेली पावर कम्पनीको सेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि सानिमा लाइफ इन्सोेरेन्स र मनकामना स्मार्ट लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

आज दुई सय ३० कम्पनीका एक करोड ८१ लाख कित्ता सेयर नौ अर्ब ५० करोड ५९ लाख रुपैयाँमा कारोबार भएका छन् । 

प्रकाशित : १७ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह