Logo

Banner-news

नेप्सेमा तीब्र उतारचढावः १०८ अंकले घट्यो, बैंकिङ समूहमा कम क्षति


GDP Nepal
   २० भाद्र २०७८, आइतबार


काठमाडौं । नेपाल राष्ट्र बैंकको कसिलो नीतिका कारण सेयर बजारमा सूचीकृत कम्पनीहरुको सेयर मूल्यमा भारी गिरावट आएको छ । साताको पहिलो दिन आइतबार नेप्से १०८.२६ बिन्दु अर्थात ३.७ प्रतिशतले ओरालो लागेको छ ।

कारोबारको मध्य समयमा ५ प्रतिशतसम्मले ओरालो लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको सेयर बजार त्यसपछि केही सुधारिएर डबल डिजिटको ओरालोमा सीमित भए पनि अन्तिम समयतिर फेरि सेयर मूल्य ओरालो लाग्दा ट्रिपल डिजिटले ओरालो लागेर बजार बन्द भएको हो ।

केन्द्रीय बैंकले ठूला लगानीकर्तालाई सेयर धितो कर्जामा कडाइ गरेको छ । अघिल्लो साता यो नीतिले ओरालो लागेको सेयर बजारमा यस साता भने पहिलो दिन नै पहिरो गएको अनुभूति भएको छ ।

आइतबार सेयर कारोबार रकम पनि ११ अर्ब २४ करोड रुपैयाँमा सीमित रह्यो । समूहगत परिसूचकमध्ये बैंकिङ समूहमा ठूलो क्षति हुन पाएन । बैंकिङ समूह ४४.५१ बिन्दुले ओरालो लागेको छ भने निर्जिवन बिमा समूह सबैभन्दा धेरै ५१९.४६ बिन्दुले ओरालो लाग्यो । यस्तै, जीवन बिमा समूह पनि ५११.७८ अंकले ओरालो लाग्दा जलविद्युत् समूह भने २१६.९५ अंक मात्रैले ओरालो लागेको छ ।

आइतबारको कारोबारमा सबै समूहगत परिसूचक नकारात्मक रहे पनि सानिमा लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, गुराँस लघुवित्त, गुडविल फाइनान्स लगायत केही कम्पनीको भने सेयर मूल्य बढेको छ ।

प्रकाशित : २० भाद्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह