Logo

बिजनेस होम

अब ट्रायल पास गरेको भोलिपल्टै लाइसेन्स !


appharu
   ६ श्रावण २०७५, आइतबार


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ट्रायल पास गरेको भोलिपल्टै लाइसेन्स दिइने घोषणा गरेका छन् ।

हाल सेवाग्राहीले ट्रायल पास गरेको १ वर्षसम्म लाइसेन्स नपाइरहेका बेला मन्त्री महासेठले यस्तो अनौठो घोषणा गरेका हुन् । रिपोर्टर्स क्लबमा आइतबार उनले ट्रायल पास भए/नभएको पनि एसएमएसबाट जानकारी गराउने आश्वासन दिए ।

“ट्रायल पास भएकाहरुलाई पास भएको भोलिपल्टै लाईसेन्स दिने व्यवस्था हामीले मिलाएका छौं,” महासेठले भने, “ट्रायल दिँदा पास भएको नभएको पनि अब एस.एम.एसमार्फत थाहा पाईने व्यवस्था गर्छौं ।”

यसै साताभित्रै बैंकिङ प्रणालीअन्तर्गत पैसा बुझाउने व्यवस्था गरिने उनको भनाइ छ । उनका अनुसार अब अनलाईनबाटै पैसा तिर्न सकिन्छ ।

यस्तै, स्मार्ट लाईसेन्स पूराना सेवाग्राहीहरुलाई यही साउनभित्र उपलब्ध गराउने पनि उनले जनाए ।

“हाम्रो मेशिन गडबड भएन भने हामी ४ लाखदेखि ५ लाखसम्मलार्य लाईसेन्स दिनुपर्नेछ, हामी दिन्छौं, यसको लागि हामीले काम गर्ने सिफ्टको संख्या बढाईसकेका छौं, चार वटा मेशिन त्यो पनि निःशुल्क ल्याएका छौं,” मन्त्री महासेठले भने ।

प्रकाशित : ६ श्रावण २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह