काठमाडौँ ।
साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचकमा गिरावट आएको छ ।
सोमबार १६२ अंकले बढेको नेप्से आज ४४.१८ अंकले घटेर २ हजार ९३६.६० विन्दुमा पुगेको छ । आज बैंकिङ ३३, व्यापार ५४, होटल तथा पर्यटन १०९, विकास बैंक ७१, जलविद्युत ५१, फाइनान्स ४९, निर्जीवन बीमा २९०, उत्पादन १३३, माइक्रोफाइनान्स १४६ र जीवन बीमा समूह ३०२ अंकले घटेका छन् । त्यस्तै, अन्य समूह भने १९ अंकले बढेको छ ।
सेयर बजारमा आज ७ अर्ब ४९ करोडको कारोबार भएको छ ।
प्रतिक्रिया