काठमाडौँ ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ ।
आज नेप्से ७१.४३ अंकले बढेर २ हजार ९४७.४२ विन्दुमा पुगेको छ । आज बैंकिङ २४.२, व्यापार ४२, होटल तथा पर्यटन ७७.४८, विकास बैंक २७३.५२, जलविद्युत २१३.५४, फाइनान्स ११४.९७, निर्जीवन बीमा ४२४.७७, उत्पादन २९९.६९, माइक्रोफाइनान्स ११३.६५ र जीवन बीमा समूह २९७.७१ अंकले बढेका छन् । त्यस्तै, अन्य समूह भने १८.२२ अंकले बढेको छ । आज अन्य समूह बढीरहँदा सामूहिक लगानी कोष भने ०.०५ ले घटेको छ ।
सेयर बजारमा आज दुई सय ३१ कम्पनीकाे एक करोड १७ लाख कित्ता शेयर ९ अर्ब ४४ करोडकोमा कारोबार भएको छ ।
प्रतिक्रिया