काठमाडौँ ।
साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
आज नेप्से ०.२७ अंकले बढेर २ हजार ९४७.६९ विन्दुमा पुगेको छ ।
आज बैंकिङ १६.८१, व्यापार २९.५३, होटल तथा पर्यटन ४.१३, विकास बैंक ४.३५,फाइनान्स २.५, निर्जीवन बीमा १९८.८६ र जीवन बीमा समूह ८५.८४ अंकले बढेका छन् ।
त्यस्तै, आज जलविद्युत ९०.५६, उत्पादन ९३.८, माइक्रोफाइनान्स ३१.०४, सामूहिक लगानी कोष o र अन्य समूह ८.१ अंकले घटेको छ ।
सेयर बजारमा आज दुई सय २७ कम्पनीको एक करोड ५६ लाख कित्ता शेयर ९ अर्ब २९ करोडकोमा कारोबार भएको छ ।
प्रतिक्रिया