काठमाडौँ ।
साताको तेस्रो दिन मंगलबार सेयर बजार राताम्मे भएको छ ।
नेप्से परिसूचक आज १८.५४ अंकले घटेर २ हजार ९२९.२८ विन्दुमा पुगेको छ । आज बैंकिङ ४.१, व्यापार २२.५९, होटल तथा पर्यटन १७.५६, विकास बैंक ६६.८४, जलविद्युत ३०.८३, फाइनान्स २६.६७, निर्जीवन बीमा २७७.८६, उत्पादन ६७.३९, माइक्रोफाइनान्स २८.६२ र जीवन बीमा समूह १४४.६८ अंकले घटेका छन् । त्यस्तै, अन्य समूह भने ८.७१ अंकले घटेको छ ।
सेयर बजारमा आज दुई सय २२ कम्पनीको एक करोड ६३ लाख कित्ता शेयर ५ अर्ब १९ करोडकोमा कारोबार भएको छ ।
प्रतिक्रिया