काठमाडौँ ।
कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार राताम्मे भएको छ ।
नेप्से परिसूचक साढे ७६ अंकले घटेर २ हजार ८१२.३९ विन्दुमा झरेको छ । आज सबै समूहहरु घटेका छन् । बैंकिङ ४१, ब्यापार ११०, होटल तथा पर्यटन १२५, विकास बैंक १९७, जलविद्युत १३७, फाइनान्स १३९, निर्जीवन बीमा ३८३, उत्पादन १३७, अन्य ३१, माइक्रोफाइनान्स १७१, जीवन बीमा ४५२ र लगानी समूह २ अंकले घटेको छ । आज मनकामना स्मार्ट लघुवित्त भने १० प्रतिशतले बढेको छ।
आज एक करोड ६४ लाख ६८ हजार कित्ता शेयर नौ अर्ब तीन करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ३८ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भएको छ
प्रतिक्रिया