Logo

कर्पोरेट-बजार

मोटरहेडको टेक्कन आर-२५० सार्वजनिक, मूल्य ४ लाख ५ हजार


GDP नेपाल
   १ आश्विन २०७८, शुक्रबार


काठमाडौं ।

मोटरहेड ब्रान्डको अधिकृत विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेडले टेक्कन आर-२५० मोडलको मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ । शुक्रबार एक कार्यक्रमकाबीच मोटरहेड नयाँ टेक्केत आर २५० मोटरसमइकलको नेपाली बजारमा बिक्रि सुरु गरिएको हो ।

कम्पनीका महाप्रबन्धक उज्वल जोशीका अनुशार नयाँ टेक्कन आर २५० को शुरुवात मूल्य ४ लाख ५ हजार रुपैयाँ तोकिएको छ, जुन सीमित समय अवधिको लागी मात्र उपलब्ध हुनेछ ।

यो दुई आकर्षक रंग र ग्राफिक्समा उपलब्ध छ। यो वाइक “हरेक सडकलाई चुनौती दिने किसिमले डिजाइन गरीएको जनाइएको छ। यसको उन्नत इन्जिन, कडाचेसिस/फ्रेम, शानदार ग्राफिक्स, स्टाइलिश हेडलाइट्स, राम्रो डिजाइन, स्लिक स्प इन्डिकेटरसहित इनविल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायक सिटभएकोले नेपालको युवाहरुले अत्यन्तै मन पराउने कम्पनीको दावी छ ।

विक्री पछिको सेवाको गुणस्तर वृद्धिमा निरन्तर प्रयास र मोटरहेड चीन टीम संग निकट समन्वय गरि आउँदा दिनहरुमा पूरै नया स्तरमा ग्राहकहरुलाई सन्तुष्टि दिनेकम्पनीको भनाइ छ।  

मोटरहेड व्रान्ड ५ वर्ष देखि नेपालको दईपांग्रे बजारमा- डट सेगमेंटको रूपमा परिचित गराएको छ । त्यस वाहेक, कम्पनीले क्रसओभर र स्याम्बलर सेगमेन्टहरुलाई पनिलोकप्रिय बनाउन धेरै प्रयास गरेको जनाइएको छ । 

मोटरहेड वाइक नेपालको सबै भू-भागको लागि उपयुक्त हनुको साथै यसको फराकिलो र ठुलो टायर, उच्च ग्राउन्ड क्लियरन्स, प्रशंसनीय पिक अप, पावर र आरामको लागी परिचित छ । 

अहिले ७ फरक मोडेलहरुमा मोटरहेड अपग्रेडेड MH150R Entry Level डट वाइक), MH200 Dual Purpose, Tekken २२३ सीसी मोडेलहरू, स्पोट्स अफरोडडट, स्पोट्स अनरोड, X टर्क र Scrambler 250 जसको मूल्यहरु 295000 रुपैयाँ देखि 455000 सम्मका छन्। 

एसजी समूह सन १९९६ मा उद्यमी शिव प्रसाद घिमिरेको अध्यक्षतामा स्थापित भएको थियो। २५ वर्ष को समयमा नेपालमा एक सम्मानित कर्पोरेट विजनेस हाउसकोरूपमा उभिदै निर्माण, ऊर्जा, एलपीजी ग्यास, सेवा, व्यापार, आतिथ्य, कृषि व्यवसाय, शिक्षा, मिडिया, बैंकिंग र निर्माण क्षेत्रमा व्यापार व्यवसाय गरिरहेको छ। एमजीसमूह इटालियन मोटरसाइकल र स्कूटरको कम्पनी तारो मोटर्सको पनि आयातकता हो ।

प्रकाशित : १ आश्विन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह