Logo

कर्पोरेट-बजार

दसैं तिहारमा हुन्डाइको विशेष अफर, एकआई टिभि प्रो देखि ५ लाखसम्म छुट


GDP नेपाल
   ६ आश्विन २०७८, बुधबार


काठमाडौँ ।

नेपालको नम्बर १ हेवी इक्वुपमेन्ट हुन्डाइले हालै चाडपर्वको अवसरमा धमाकेदार आकर्षक योजना ल्याएको छ ।

दसैं तिहार लक्षित यस योजनामा कम्पनीले हुन्डाइ R220LS  Excavator  को खरिदमा ३ लाख रुपैयाँ नगद छुट, ४३ इन्चको एकआई टिभि प्रो, २००० घण्टासम्म फ्रि फिल्टर किट आदि सुविधा प्रदान गरेको छ । यसरी यो पर्वको समयमा कम्पनीले ग्राहकलाई  कूल ५ लाख रुपैयाँसम्मको सुविधा प्रदान गरेको छ । 

 

यो योजना असोज १ गतेदेखि कात्र्तिक ३० गतेसम्म नेपाल अधिराज्यभर लागू गरिएको छ । हुन्डाइका  हेभी उपकरणहरुमा शक्तिशाली एवं भरपर्दो इन्जिन राखिएको छ । यसको मर्मत कम खर्चिलो हुनुका साथै ठूलो वकेट, कतिपय मोडेलहरुमा वातानुकुलित क्याबिन, न्यूनतम मुल्यमा स्पेयर पार्टस् सजिलै उपलब्ध हुने तथा कम्पनीले  २४ सै घन्टा, सातै दिन घरदैलो सेवा प्रदान गर्ने आदि  सुविधाहरु पनि उपलब्ध गराउने गरेको छ । हुन्डाइ बलियो तथा टिकाऊ रहेको छ । उच्चतम भारबहन क्षमता, न्यून सञ्चालन खर्च लाग्ने, आदि हुन्डाइ हेभि उपकराणका विशेषताहरु हुन् । 

प्रकाशित : ६ आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह